विश्व वातावरण दिवसमा बिरुवा रोपिए
सारांश
- काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपेको छ ।
- वडा १७ र १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटीमा वृक्षारोपण गरियो ।
- यस वर्ष कामपाभित्र करिब पाँच हजार बिरुवा रोपिएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ४४९ बिरुवा रोपेको छ ।
काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं १७ र वडा नं १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटीलगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका बिरुवा रोपेको हो । लखतीर्थमा आयोजित कार्यक्रममा महानगरपालिकाको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डङ्गोलसहित स्थानीय सङ्घसंस्था तथा समुदायका अगुवाले बिरुवा रोपेका हुन् ।
लखतीर्थसँगै कङ्केश्वरीमा भएको वृक्षारोपणमा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक सङ्घ, ग्लोबल्ली कन्सर्न फर क्लाइमेट चेञ्जलगायत सामाजिक तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । श्रेष्ठका अनुसार यस वर्ष कामपाभित्र करिब पाँच हजार बिरुवा रोपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण