एमसीसी अहिलेसम्मकै ठूलो सहयोग हो, फिर्ता जान दिनुहुन्न : सभापति देउवा
दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए ।
नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।
एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारसमेतमा सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न