गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशालालाई ११ लाख सहयोग
आइतबार, २६ माघ २०७६, ११ : ०९
गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ ।
रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरे ।
रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंकाको ‘कालोकालो कपालमा..’ सँगै आरजे इन्टरटेन्मेन्ट सुरु
-
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
कर्णाली जडीबुटी र बहुमूल्य डुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल
-
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
-
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड
-
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु