सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
शुक्रबार, ०४ जेठ २०८१, १३ : २७
काठमाडौँ । सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गिरीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण