पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।
नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द र वरिष्ठ सङ्गीतकार शम्भुजित सापकोटा लगायतले उनलाई पुरस्कार प्रदान गरे।
काठमाडौँ र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहेका थिए। उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन्।
पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए।
डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण