सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अस्वस्थ प्रतिस्पर्धाका कारण सहकारी अभियानमा धक्का लागेको बताए । उनले सहकारीका सञ्चालकले गरेको लापरबाहीको सिकार सहकारी अभियान भइरहेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजनामा भएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उनले अभियन्तामाथि दोष थुपारेर मात्रै समस्याको समाधान नहुने बताए ।
नियामक निकायले सही अनुगमन र विश्लेषण नगरेका कारण अहिले सहकारीमा समस्या देखिएको उनको तर्क छ । ‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको छ । कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ । अनि सहकारी उद्देश्य केन्द्रित हुन सक्छ ?’
सहकारी अभियान समाप्त भए संविधान नै अपुरो हुने उनको भनाई छ । ‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ,’ उनले भने, ‘त्यसतर्फ सेयर सदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पुर्याउनै पर्ने विषय छ ।’ सेयर सदस्यलाई समेत जानकारी नदिई मनपरी ऋण प्रवाह गर्दा अहिले समस्या बढेको अधिकारीले सुनाए । ‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिस्पर्धा देख्छु म,’ उनले भने । सञ्चालकहरूको लापरबाहीको सिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएका कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण