चट्याङले टेलिकम सेवा अवरुद्ध
शनिबार, २४ फागुन २०७६, १८ : ५८

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पु-याउँदा सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले आज विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए ।
कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए ।
चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युत्को मिटरबक्समा क्षति पुगेको जनाइएको छ । नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार