चट्याङले टेलिकम सेवा अवरुद्ध
शनिबार, २४ फागुन २०७६, १८ : ५८
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पु-याउँदा सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले आज विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए ।
कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए ।
चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युत्को मिटरबक्समा क्षति पुगेको जनाइएको छ । नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण