कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
बिहीबार, २१ जेठ २०८३, १३ : ३७
सारांश
- कपिलवस्तु नगरपालिका–१ मालटोलकी १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पको टोकाइबाट मृत्यु भएको छ ।
- बुधबार मध्यरातमा घरमै सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
- उपचारका लागि गोरुसिङ्गे लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवल । कपिलवस्तुमा सर्पको टोकाइबाट युवतीको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–१ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो । त्यसलगत्तै उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनले कपिलवस्तुको तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट एसइई पास गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण