पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेड
सारांश
- पोखराको निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन गर्ने ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ।
- फोहोर सङ्कलन गर्ने क्रममा कवाडी खोज्ने रिमा शेर्पाले ग्रिनेट फेला पारेकी थिइन्।
- ग्रिनेट निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पोखरा । पोखराको फोहोर फाल्ने ठाउँमा ग्रिनेड भेटिएको छ। पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन गर्ने ठाउँमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको छ।
महानगरपालिकाको फोहोर बोक्ने गाडी ग १ ख ५४३७ मार्फत रातो पहिरो क्षेत्रबाट बिहीबार फोहोर सङ्कलन गर्ने क्रममा ग्रिनेड फेला परेको हो। प्रहरीका अनुसार फोहोरमा कवाडी खोज्ने क्रममा रिमा शेर्पाले ग्रिनेड भेटेकी थिइन्।
शेर्पाले हातमा खेलाइरहेको अवस्थामा त्यहीँ कार्यरत एक्स्काभेटर चालकले देखेपछि तत्काल फोटो खिचेर सुरक्षित ठाउँमा पुर्याएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) नमराज भट्टराईको नेतृत्वमा टोली घटनास्थलमा पुगेको हो।
त्यसलाई निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई घटनास्थलमा बोलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए। फोहोरको थुप्रोमा विस्फोटक पदार्थ फेला परेपछि स्थानीय त्रसित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण