भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
सारांश
- भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
- घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
- झगडा छुट्टाउने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन् ।
काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधबार बेलुका घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने ३८ वर्षीय विदुर विश्वकर्माले श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । झगडा छुट्टाउने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन् ।
घाइते बालकलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारपश्चात् उनी बुधबार नै डिस्चार्ज भएका बालकलाई आवश्यक संरक्षणका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी बरामद गर्नुका साथै अभियुक्त विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण