हुलाकमार्फत घरघरमै राहदानी
सारांश
- रौतहट प्रशासनले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने सेवा सुरु गरेको छ।
- पहिलो चरणमा २१ जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरिएको छ।
- यो सेवाले समय र खर्च बचत हुनुका साथै झन्झट कम गर्नेछ।
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्याउने सेवा सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबिच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका–२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमा पुगेर राहदानी हस्तान्तरण गरेका हुन् । राहदानी हस्तान्तरण गर्दै प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पुर्याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको बताएका छन् ।
राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनाका साथै समय र खर्च बचत हुने प्रजिअ भुसालले बताए । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा राहदानी वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको प्रजिअ भुसालको भनाइ छ ।
घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन् । उनका अनुसार पुराना तथा वितरण हुन बाँकी रहेका पासपोर्टहरूसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत नागरिकको घरमै पुर्याउने तयारी भइरहेको छ । ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य उपयोगी हुने कार्यालय प्रमुख यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण