रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
बिहीबार, २१ जेठ २०८३, १४ : ३०
बुटवल । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।
अस्थायी नम्बर प्लेट भएको बोलेरो जिप सडकबाट करिब ६०० मिटर तल खसेकाे थियाे।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका–७ देसाहीका २५ वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्।
त्यस्तै दाङ दगिशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती ३८ वर्षीया कमला चौधरीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त डबल क्याब गाडीले जस्तापाता र प्लास्टिकका पाइप बोकेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण