विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
कञ्चनपुर । सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्केर माछापालनमा व्यस्त छिन् ।
जिल्लामा माछा पालेर नाम कमाएका उनलाई उत्कृष्ट किसानका रुपमा यही जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट रु दुई लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाएका उनको कृषिप्रतिको लगाव अझ बढेको छ । उनले १५ जनालाई रोजगारी दिएका छन् ।
“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ,” उनले भने, “अब गाउँका युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”
सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछापोखरी बनाएर मत्स्य उत्पादनमा लागेका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछापालन गर्नेे बताए ।
“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु,” उनले भने, “सबै खर्च कटाएर वर्षमा नौ लाख पचास हजारसम्म बचत हुन्छ । माछा उत्पादन तथा बजारीकरणका लागि सरकारले वातावरण मिलाइदिनुपर्ने चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण