यी नायिकाको ९ महिनाको गर्भ पूरा, कोरोनाबाट बिग्रिएको स्थिती देखेर भइन् भावुक
टिभी नायिका स्मृति खन्ना अहिले गर्भवती छिन् । उनको ९ महिनाको गर्भ पूरा भइसकेको छ र अब उनले कुनै पनि बेला बच्चा जन्माउन सक्छिन् । उनी संसारभरी फैलिएको कोरोनाको संक्रमणका कारण आफ्नो बच्चाको लागि चिन्तित र भावुक छिन् ।
स्मृतिले यो विषयमा सोसल मिडियामा एउटा पोष्ट गर्दै आफ्नो चिन्ता व्यक्त गरेकी छिन् ।
‘मेरी आशिकी तुमसे ही’ बाट चर्चित भएकी स्मृतिले आफ्नो जन्मिन लागेको बच्चाको लागि विशेष मेसेज पनि लेखेकी छिन् । साथै, एउटा निकै सुन्दर मिरर सेल्फी सेयर गरेकी छिन् ।
स्मृतिले लेखेकी छिन्, ‘डियर बेबी, अझै केही दिन भित्रै बस । अहिले संसारको स्थिती भयावह छ, मलाई थाहा छैन भविष्यमा के होला । तर मलाई थाहा छ कि तपाईं पहिलेदेखि नै बलियो बलियो भएर यो संसारमा आउनुहुनेछ । तपाईं यस्तो दुनियाँमा जन्म लिनुहुनेछ जहाँ तपाईंले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ र यो कुनै खराब कुरा होइन ।’
‘मलाई थाहा छ, तपाईंले आफ्नो हरेक दिन सेलिब्रेट गर्नुभयो । तपाईंको हरेक किक, चाल म चिन्दछु र त्यसलाई म असाध्यै माया गर्छु ।’
उनी थप्छिन्, ‘यो संसारको अन्य आमाबारे पनि सोच्छु जा यस्तो अवस्थामा गर्भवती छन् किनभने हामीलाई थाहा छ कि गर्भावस्था पूर्ण रुपमा एक अनिश्चितताले भरिएको समय हो । यसमा रिस पनि समावेश हुन्छ । तर याद राख्नुहोस्, हामी एक साथ छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण