घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
सारांश
- मोरङको पथरीशनिश्चरे नगरपालिकामा घरेलु धारिलो हतियार तथा औजारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- इलाका प्रहरी कार्यालय पथरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले जेठ २० गते राति शङ्कास्पद अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- नियन्त्रणमा लिइएकाहरूका साथबाट प्रहरीले कट्टि, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन र भालाजस्ता धारिला हतियार तथा औजारहरू बरामद गरेको छ।
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा घरेलु धारिलो हतियार तथा औजारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ र १० को सिमानामा पर्ने डाँस खोलाको झोलुङ्गे पुल छेउबाट उनीहरूलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय पथरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले जेठ २० गते राति साढे ११ बजेको समयमा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो। नियन्त्रणमा लिइएकाहरूका साथबाट प्रहरीले कट्टि, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन र भालाजस्ता धारिला हतियार तथा औजारहरू बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय एबिन राई, १९ वर्षीय सुप्रिम राई र १८ वर्षीय रिदम तामाङ छन्। यस्तै वडा नम्बर १० त्रिवेणी चोक बस्ने १९ वर्षीय युजिन राई, १८ वर्षीय अपिल राई र २२ वर्षीय अविशेक थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। वडा नम्बर ९ का १८ वर्षीय निसान माझी र १८ वर्षीय सुसन ठटाल तथा वडा नम्बर १ शिखर चोक बस्ने १८ वर्षीया आरिया धिमाल र करिब १८ वर्षकै कृपा लिम्बु पनि पक्राउ परेका छन्।
हतियारसहित फेला परेका उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र कसूरमा पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण