कोरोनाभाइरसद्वारा यी बलिउड नायिका संक्रमित, बहिनीबाट स-यो रोग
बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म निर्माता करिम मोरानीकी छोरी हुन् । गत हप्ता उनकी उनकी बहिनी शाजा मोरानीको रिपोर्ट पेजेटिभ आएपछि उनको परीक्षण गरिएको छ । कोरोनाभाइरसद्वारा संक्रमित पाएपछि उनी सोमबार अस्पतालमा भर्ना भएकी छिन् ।
यसअघि एक भारतीय मिडियाले शाजा विदेश यात्रामा नभएको बताएको थियो तर अन्य भारतीय मिडियाका अनुसार शाजा मार्चको पहिलो हप्ता श्रीलङ्काबाट फर्किएकी थिइन् । मोरानीका अनुसार शाजामा संक्रमणको कुनै लक्षण नदेखिइकनै उनको कोरोनाभाइरसको परीक्षण पोजेटिभ आएको हो ।
पारिवारिक श्रोतका अनुसार १५ मार्चमा राजस्थानबाट फर्किएकी जोयामा पनि संक्रमणको पुष्टि भएको छ ।
उनलाई कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ भने शजालाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।
सन् १९८८ मा मुम्बईमा जन्मिएकी जोया मोरानीले आफ्नो पढाई पूरा गरेपछि बलिउडमा डेब्यू गरेकी थिइन् ।
जोयाले सन् २००७ मा शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘ओम शान्ति ओम’ मा असिस्टेन्ट निर्देशकको भूमिका निभाएकी थिइन् ।
त्यसपछि सन् २०१० मा फिल्म हल्लाबोलमा पनि उनले सह–निर्देशकको रुपमा काम गरेकी थिइन् ।
जोयाले सन् २०११ मा फिल्म ‘अलवेज कभी–कभी’ बाट अभिनय सुरु गरेकी थिइन् । यसलाई शाहरुख खानले निर्माण गरेका थिए ।
त्यसपछि उनले मस्तान र भाग जोनीजस्ता फिल्ममा काम गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण