आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवालाई पूर्णरुपमा सरकारीकरण गर्ने अवसर

आइतबार, ३० चैत २०७६, ०९ : ०३
आइतबार, ३० चैत २०७६

अहिले विश्व नै कोरोना भाइरस (कोभिड –१९) संक्रमणको चपेटामा परेको छ । विश्वमा नै मानिस, पैसा र मेसिनको गति स्थिर भएको छ । आवागमन, अर्थतन्त्र, उत्पादन, उपभोगलगायत सबै कुरा ठप्प भएको छ ।

मानिस केवल, उपचार, रोकथाम, नियन्त्रण र आपसी दुरी कसरी कम गरी सुरक्षित हुने सोचमा मात्र रुमलिएको छ । यस्तो महाव्याधिको अवस्थामा सबैको ध्यान, साँचो गुणस्तरीय स्वास्थ्य सेवा, भरपर्दो उपकरण, सर्वसुलभ तरिकाको स्वास्थ्य संरचनाको निर्माण र उपचार प्रक्रियामा मात्र केन्द्रित छ । ठूला शक्तिशाली राष्ट्र अमेरिकामा पनि स्वास्थ्य सामग्रीको अभाव भइरहेको खबर आइरहेका छन् ।

यस्तो महामारीबाट राष्ट्र र जनतालाई सुरक्षा गर्ने जिम्मेवारी हरेक देशका राष्ट्र प्रमुख हुन्छ । पछिल्ला दिनमा अमेरिकासमेत कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जानुले यसको प्रकोप कसरी नियन्त्रण गर्ने भन्ने कुराले अत्तालिएको देखिन्छ ।

युरोप पनि यस प्रकोपबाट प्रताडित अवस्थामा छ । नेपालका दुई छिमेकी देशमध्ये चीन यस संकटबाट केही रुपमा पार पाएको अवस्था छ भने भारत यसबाट अझै प्रभावित छ । नेपाल पनि कोरोनाको महामारीबाट टाढा छैन । आजसम्म ९ जनामा कोरोना संक्रमण भेटिएका छन् भने संक्रमण पनि दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

मुलुक लकडाउनको अवस्थामा छ । सरकारले यसको रोकथाम र नियन्त्रण र्यापिड टेस्ट प्रक्रियालाई अगाडि बढाउन सक्नुपर्ने थियो । तर, त्यो गर्न नसकेको आभाष भएको छ । यसलाई थप फैलनबाट रोक्न सरकार सम्बन्धित सबै पक्षले युद्धस्तरमा काम गर्नुपर्ने छ । खास गरी पछिल्लो समयमा हजारौँ व्यक्ति भारतबाट फर्किएको सुदूरश्चिम प्रदेशमा विशेष रणनीति अबलम्बन गर्न खााचो छ । आवश्यक सावधानी अपनाइ उक्त क्षेत्रमा ठूलो जोखिम निम्तिन नदिन कोभिड–१९को र्यापिड टेस्ट गरिनुपर्दछ । धेरै व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन्, तिनीहरुको चेकजाँच नभएको खबर पनि आइरहेका छन् । स्वास्थ्य सामग्री र उपकरण विना स्वास्थ्यकर्मी त्यहाँ जान मानिरहेका छैनन् ।  यसले गर्दा सुदूरपश्चिम क्षेत्रभरि नै सन्त्रास र भयावह अवस्था छ । विदेशबाट आएका सबैजना, उनीहरुको परिवार र समुदायमा पनि कोरोनाको परीक्षण जुन रुपमा गरिनुपर्ने थियो, त्यो अझै हुन सकेको छैन ।


खास गरी पछिल्लो समयमा हजारौँ व्यक्ति भारतबाट फर्किएको सुदूरश्चिम प्रदेशमा विशेष रणनीति अबलम्बन गर्न खााचो छ । आवश्यक सावधानी अपनाइ उक्त क्षेत्रमा ठूलो जोखिम निम्तिन नदिन कोभिड–१९को र्यापिड टेस्ट गरिनुपर्दछ । धेरै व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन्, तिनीहरुको चेकजाँच नभएको खबर पनि आइरहेका छन् । स्वास्थ्य सामग्री र उपकरण विना स्वास्थ्यकर्मी त्यहाँ जान मानिरहेका छैनन् ।  यसले गर्दा सुदूरपश्चिम क्षेत्रभरि नै सन्त्रास र भयावह अवस्था छ । विदेशबाट आएका सबैजना, उनीहरुको परिवार र समुदायमा पनि कोरोनाको परीक्षण जुन रुपमा गरिनुपर्ने थियो, त्यो अझै हुन सकेको छैन ।


अन्य प्रदेशको अवस्था पनि यसभन्दा भिन्न छैन । त्यसैले आजको आवश्यकता भनेको स्वास्थ्य सेवालाई पूर्ण सरकारीकरण गरी दीर्घकालीन स्वास्थ्य समस्या न्यूनीकरण गर्ने अवसरका रुपमा लिएर अहिले अस्थायी रुपमा बनेका स्वास्थ्य संरचनालाई भोलि अस्पतालको रुपमा निर्माण गर्न गरी लैजानुपर्दछ । यो हाम्रो लागि चुनौती र अवसर दुवै हो ।

शिक्षा र स्वास्थ्य जस्ता कुराहरु प्रत्येक नागरिकले स्वतः पाउने अधिकारभित्र पर्दछन् । त्यो राष्ट्रको दायित्व हुन्छ । राज्य एक्लैले मात्र सबै कार्य गर्नसक्दैन । यसमा निजी क्षेत्र, गैरसरकारी क्षेत्रको पनि त्यतिकै महत्व रहन्छ । शिक्षा र स्वास्थ्य जस्ता कुरामा निजी क्षेत्रबाट सञ्चालित गरिने कार्यक्रमको स्पष्ट निर्देशिका  सरकारले तयार गर्नुपर्दछ । जसबाट  निजी क्षेत्रहरुले देशमा असहज परिस्थितिमा पनि सेवा दिनका लागि प्रभावकारी संयन्त्र तयार गर्न सक्दछन् ।

राज्यले तोकेको निर्देशनअनरुप कार्य गर्न नसक्ने निजी क्षेत्रलाई सरकारले सरकारीकरण गर्नुपर्दछ । तर आज नेपालको अवस्था स्वास्थ्य क्षेत्रमा निकै कमजोर देखिएको छ ।

हामीले आजसम्म निर्माण गरेका जति पनि स्वास्थ्य संरचना छन्, स्वास्थ्य चौकी, प्राथमिक सेवा र अस्पतालहरु छन्, तिनका भौतिक संरचना, उपकरण गुणस्तरीय स्वास्थ्य सेवा अनुकूल छैन । दुरदराजमा हेर्ने हो भने अहिले पनि दक्ष स्वास्थ्यकर्मीको अभाव नै छ । यस्तो दुरावस्थाबीच हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । तर कोरोना विरुद्धको लडाइँमा अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीका लागि प्राप्त सुरक्षाको बन्दबस्तको जोहो गर्न, तिनको मनोबल बढाउन, तिनलाई समर्थन गर्ने कार्य र एक आपसमा दुरी कायम गरी कोरोनासँगको युद्धमा हामी विजयी हौंला । तर फेरि आउने संकटलाई जित्न बेलैमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएर यसको पुनर्संरचना र निर्माणमा जुट्नुको विकल्प छैन । त्यसका लागि अहिले देखि नै राज्यले निम्न कुरामा ध्यान दिन जुरुरी छ ।

१)  स्वास्थ्य सम्बन्धी संरचनाको निर्माण

विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट नेपाल पनि प्रभावित छ । यसको रोकथाम र नियन्त्रणका लागि अहिले अस्थायी रुपमा स्थानीय तह, प्रदेश, केन्द्रमा निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन र कोरोना नमुना परीक्षण अस्पताल आदि निर्माण गरिएको छ । यस्तै निजी क्षेत्रका  स्वास्थ्य संस्था पनि कोरोना रोकथामका लागि कन्द्रका रुपमा विकसित गरिएको छ । यी सबै निर्माण भएका स्वास्थ्य संरचनालाई अब दीर्घकालीन स्वास्थ्य सेवाका रुपमा विकसित गरी लैजानुपर्दछ ।

निजी क्षेत्रबाट संचालित भइरहेका अस्पतालहरु अहिले सरकारी स्तरबाट कोरोना रोकथामका लागि प्रयोग भएका छन् । त्यसमा रहेका स्वास्थ्य सामग्रीलाई राज्यले न्युनतम मूल्य तिरेर आफ्नो नियन्त्रणमा लिनुपर्दछ । अब स्वास्थ्य क्षेत्रमा सुदृढीकरण गर्दै अहिले बनेका सबै संरचनालाई अस्पतालको रुपमा विकसित गरी अब आउने जोखिमलाई परास्त गर्न नेपाल सक्षम हुने गरी परनिर्भताको अन्य गरिनुपर्दछ ।

२) तीव्रता र व्यापकता 

आफ्नो देशमा चाहिने स्वास्थ्य सामग्री नहुँदा संकटको घडीमा नेपालीले धेरै दुःख कष्ट झेल्नुपरेको छ ।

हामीसँग कोरोनाको प्रकोपबाट बच्न स्वास्थ्यकर्मीलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री पीपीई भ्यान्टिलेटरलगायतका उपकरण र औषधिका लागि  अन्य देशको सहयोग र आशा भारोसामा मात्र बाँच्नु परेको वर्तमान अवस्थाको चित्र हो । यो स्थितिमा महाव्याधीसँग जुध्न अन्यौलको स्थिति सिर्जना भएको छ । हामीले अहिले देखिनै आत्मनिर्भर हुने बानी बसालेनौं भने आगामी दिन थप सकसपूर्ण हुने देखिन्छ । त्यसैले एउटा अनुभवले अर्को राम्रो उपाय सुल्झन्छ भने जस्तै अब देशको जनशक्तिलाई चाहिने आवश्यक  स्वास्थ्य सामग्रीको तीव्र रुपमा व्यवस्थापनमा जोड दिनु जरुरी छ ।


हामीले अहिले देखिनै आत्मनिर्भर हुने बानी बसालेनौं भने आगामी दिन थप सकसपूर्ण हुने देखिन्छ । त्यसैले एउटा अनुभवले अर्को राम्रो उपाय सुल्झन्छ भने जस्तै अब देशको जनशक्तिलाई चाहिने आवश्यक  स्वास्थ्य सामग्रीको तीव्र रुपमा व्यवस्थापनमा जोड दिनु जरुरी छ ।


कति सामग्री बाहिरबाट ल्याउने, कति सामग्री नेपालमै व्यवस्थापन गर्न सकिन्छ, त्यसको लेखाजोखासहित तयारीमा जुट्नुपर्छ । जस्तो पीपीई, परीक्षण कीट, भेन्टिलेटरलगायतका अत्यावश्यक सामग्रीको यथाशीघ्र विदेशबाट ल्याएर व्यवस्था गर्नुपर्छ भने मास्क, सेनिटाइजर, औषधि र खाद्यपदार्थको जोहो सरकार स्वयम्ले गर्नुपर्दछ ।  यी सबै कुरा दु्रतगतिमा गर्न सकेमा मात्र  कोरोनाको संक्रमणबाट मुक्ति पाउन सकिन्छ ।

३) निजी लगानिकर्ताको न्यायोचित व्यवस्थापन ः

 स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको पनि ठूलो लगानी रहेको छ । स्वास्थ्य संवेदनशील कुरा भएकाले निजी क्षेत्रको लगानी रहेका स्वास्थ्य सेवालाई व्यवस्थित गरिनुपर्दछ ।


निजी क्षेत्रका अस्पतालको मूल्य निर्धारण गरी सरकारीकरण गरिनुपर्दछ । स्वास्थ्य क्षेत्र सरकारीकरणविना नेपाली जनताले सहज स्वास्थ्य सुविधान पाउन सक्दैनन् ।


सर्वसाधरणको सहज पहुँचका लागि  निजी क्षेत्रको लगानीलाई न्यायोचित व्यवस्थापन आवश्यक छ । त्यसका लागि निजी क्षेत्रका अस्पतालको मूल्य निर्धारण गरी सरकारीकरण गरिनुपर्दछ । स्वास्थ्य क्षेत्र सरकारीकरणविना नेपाली जनताले सहज स्वास्थ्य सुविधान पाउन सक्दैनन् ।

४) आगामी वर्षको बजेट

आगामी वर्षको धेरैभन्दा धेरै बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याएर यसका भौतिक संरचना, स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिन जरुरी छ । हामीले विकास खर्चका नाममा बाटोघाटो, सडक, पुल पुलेसो, ठूला ठूला आयोजनामा लगानी लगायाँै । तर आज स्वास्थ्य क्षेत्रमा यथेष्ट लगानीको कमीले स्वास्थ्य क्षेत्रको अवस्था नाजुक हुँदा  कोरोनासँगको लडाइँमा कमजोर देखिएको छ । यस्तो अवस्थाबाट पाठ सिकेर देशलाई अगाडि लैजानेका भने हामी आगामी बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्नुपर्छ ।

५) स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था

हाम्रो देशमा थुप्रै चिकित्सक, नर्स स्वास्थ्यकर्मी छन् । धेरै रोजगारीको अभावमा विदेशिन पुगेका छन् । यस्तो संकटको घडीमा विदेशमा भएर पनि कोरोना संक्रमितको उपचारमा जुटिरहेको समाचार आइरहेका छन् । तर हाम्रो देशमा भएका स्वास्थ्यकर्मीको मनोबल घटेको देखिन्छ । अहिलेको प्रविधि र सामग्री प्रयोगमा ल्याउन स्वास्थ्यकर्मीमा ज्ञान नभएको पनि देखिएको छ । कोरोनाको संक्रमणको बेला चेकजाँच गर्न डराइरहेको अवस्था छ । उनीहरुलाई सुविधा र भत्ताले मात्र हुँदैन । उनीहरुलाई उपकरणको प्रयोग, आत्माबल बढाउनका लागि विशेष तालिम दिएर कोरोनासँगको लडाइँमा पठाउन सक्नुपर्दछ ।

६) समन्वय र समाझेदारी

नेपालको अहिलेको अवस्था भनेको समन्वय र साझेदारी अवस्था हो । त्यसैले कोरोनाविरुद्ध लड्न सबैले सबै राष्ट्र प्रमुखसँग सहयोगको अपिल गरिरहेका छन् । हामीले पनि अपिल गरिरहेका छौँ । कोरोनासँग लड्नका लागि मुलुकभित्र पनि सबै दल नागरिक समाज, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीबीच समन्वयको अभाव देखिएको छ ।

सबैले अब एउटा संकल्प लिनै पर्दछ–  निजी क्षेत्र, नागरिक समाज, स्थानीय तह, प्रदेश र केन्द्रबाट अस्थायी रुपमा निर्माण गरेका  स्वास्थ्य संरचना छन्, यी सबैलाई सरकारमार्फत सञ्चालन गर्नेगरी नेपालको स्वास्थ्य समस्या र अहिलेको अवस्थालाई सुदृढ बनाउँदै नेपाली जनतालाई स्वास्थ्य उपचार दिन पहल गर्नुपर्दछ । राज्यले सबैसँग साझेदारी गरी यो संकल्पको अभियानलाई अगाडि बढाउनुपर्दछ ।

(डा. डिला संग्रौला प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य हुन् )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. डीला संग्रौला
डा. डीला संग्रौला
लेखकबाट थप