शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुक सहित दुई जना पक्राउ

आइतबार, १४ वैशाख २०७७, १२ : २३
आइतबार, १४ वैशाख २०७७

सिन्धुपाल्चोक – त्रिपरासुन्दरी गाउँपालिका–२ लुङगुरपाबाट भरुवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ३९ वर्षीय हिरा बहादुर गुरुङ र ३४ वर्षीय टपिन्द्र बहादुर गुरुङ रहेका छन् । 

घरेलु हतियार प्रयोग गरी उनीहरुले जंगली जनावर मारेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा टपिन्द्र बहादुरको घरबाट २ थान भरुवा बन्दुक र दुवै जनाको घरबाट मृग जस्तै जंगली जनावरको जस्तो मासु सुकाई राखिएको अवस्थामा फेला पारेको थियो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप