सिटीलाई शीर्ष स्थानमा दुई अङ्कको अग्रता
लण्डन । जोस्को ग्भार्डिओलको दुई गोलको मद्दतले फुलहमलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि होडमा आर्सनलमाथि दबाब कायम राखेको छ । शनिबार ४–० को शानदार जित हासिल गर्दै सिटीले लिगको शीर्ष स्थानमा दुई अङ्कको अग्रता बनाउन सफल भएको हो ।
खेलमा पूर्णरुपमा नियन्त्रणमा राखेको खेलमा सिटीले खेलको १३ औँ मिनेटमा नै अग्रता लिएको थियो । केभिन डी ब्रुयनाको पासमा ग्भार्डिओलले टोलीका लागि पहिलो गोल गरे । दोस्रो हाफको ५९ औँ मिनेटमा फिल फोडेनले टोलीको अग्रता दोब्बर बनाए । अर्लिङ हालान्डले टोलीका लागि तेस्रो गोल गर्ने अवसर पाए पनि प्रिमियर लिगका शीर्ष गोलकर्ताको प्रहार बाहिरिएको थियो ।
७१ औँ मिनेटमा ग्भार्डिओलले व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयमा इसा डियोपले जुलियन अल्भारेजलाई बक्सभित्र फल हानेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य बने । अल्भारेजले पाएको पेनाल्टीलाई सजिलै गोलमा परिणत गरे ।
३६ खेलपछि सिटीको ८५ अङ्क छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ८३ अङ्क छ । अब आइतबार हुने खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराए मात्र उपाधि होड अन्तिम खेलसम्म पुग्नेछ । आर्सनलले युनाइटेडलाई हराउन नसके तथा मंगलबार सिटीले टोटनह्याम हटस्पर्सलाई हराए पेप ग्वार्डिओलाको टोलीले लगातार चौथो लिग उपाधिमाथि कब्जा जमाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण