हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानसँग गाभ्न लागिएको भन्दै आठ राजनीतिक दलले जनाए आपत्ति
काठमाडौँ । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागिएको भन्दै आठ राजनीतिक दलले जनाए आपत्ति जनाएका छन् । दलहरूले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौँडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रियाले राज्यको ठुलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजार भन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिले हामी सबैको ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ ।
मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भइरहेकाले प्रदेश सरकारको यस निर्णयमा समर्थन जनाउन नसकिने उनीहरूको भनाइ छ । यो प्रक्रिया तत्काल नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरुले दिएका छन् ।
यसरी विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, राप्रपा नेपाल, राप्रपा र नेकपा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण