यसकारण आमिर खानले रेखासँग कहिल्यै फिल्म खेलेनन्
एजेन्सी - ‘सिल्भर स्क्रीन’ की रानी रेखा र बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानले कहिल्यै पनि एउटै फिल्ममा काम गरेनन् ।
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार आमिर खानले निकै समय पहिले नै रेखासँग काम गर्ने निर्णय गरेका थिए । रेखाले फिल्मको सेटमा देखाएको व्यवहारले आमिर खानको चित्त दुखेको थियो ।
दशकौं लामो करियरमा अभिनेता आमिर खानले निकै धेरै कलाकारहरुसँग काम गरिसकेका छन् । उनले थुप्रै नयाँ प्रतिभालाई पनि आफ्नो फिल्ममा ठाउँ दिएका छन् । तर, सुदाबहार सुन्दर अभिनेत्री रेखासँग किन फिल्म खेलेनन् त ?
खबरका अनुसार रेखाले कामप्रति गर्ने व्यवहार आमिर खानलाई मन परेन । रेखाले फिल्मको सेटमा देखाउने व्यवहारबाट आमिर कहिल्यै प्रभावित हुन सकेनन् । यसैकारण आमिर खानले फिल्ममा रेखासँग काम गर्न उचित ठानेनन् ।
यद्यपि, रेखा उनको समयको सुपर स्टार नै हुन् । उनको ८० र ९० को दशकमा निकै धेरै माग थियो । प्रशंसकहरुको बीचमा रेखाको प्रशंसा कहिल्यै कमि आएको छैन । निकै शानदार अभिनयका कारण रेखाको नाम बलिउडमा सुनौलो अक्षरले लेखिएका छन् ।
आमिरले रेखालाई उनका पिता ताहिर हुसैनसँग फिल्म ‘लकेट’ मा काम गरेको समयमा भेटेका थिए । आमिरले रेखाले फिल्मको सेटमा देखाउने व्यवहार निकै गहिरो रुपमा अध्ययन गरे । रेखाको काम गर्ने शैली र सुस्तताका कारण फिल्मको शुट बारम्बार दोहोर्याउनु परेको आमिरले देखेका थिए । यसैकारण उनले रेखासँग फिल्म नखेलेको भारतीय सञ्चार माध्यमको ठम्याई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार