सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा सामाजिक रुपान्तरण अभियान सञ्चालन गरिने

शुक्रबार, २३ जेठ २०७७, १३ : ४९
शुक्रबार, २३ जेठ २०७७

कैलाली । सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छुवाछुतरहित प्रदेश बनाउन सामाजिक रुपान्तरण अभियान सञ्चालन गरिने बताएका छन । आज सुदूरपश्चिम प्रदेशसभाको छैठौ अधिवेशनको १० औ वैठकको छलफलमा उठेका प्रश्नको जवाफ दिदै उनले सो कुरा बताएका हुन् । कानुन ,नियम बनेको भएपनि चिन्तन,सोचका कारण अझै पनि छुवाछुत मुतm प्रदेश हुन नसेको उल्लेख गर्दै उनले तीनवटै सरकार मिलेर छुवाछुत मुक्त प्रदेश बनाउन केन्द्रीत हुने बताए ।

उनले महिलामाथि हुने हिंसाको अन्त्यका लागि प्रदेश सरकार लागेको बताए । प्रदेश सरकार कसैलाई पनि काखा–पाखा नगर्ने बताउँदै उनले विगतका राम्रा योजना कार्यान्वयन हुन नसेका विषयलाई कार्यान्वयन गरेर लगिने बताए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री भट्टले उपयुतm सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समेटने प्रतिबद्धता समेत व्यक्त गरे ।  

नीति तथा कार्यक्रम पारित
सुदुरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आ.व. २०७७।७८ को नीति तथा कार्यक्रम पारित भएको छ । जेठ १९ गते प्रदेशसभामा आ.व.२०७७।७८ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । आज बसेको प्रदेशसभाको बैठकले सो नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

मिश्रित सुझाब 
छलफलमा  पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले मिश्रित सुझाव दिएका छन् । पक्षका प्रदेशसभा सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्र्रम राम्रो भएको प्रतिकृया दिए भने प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले विगतकै नीति तथा कार्यक्रमको अंश भएको प्रतिकृया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप