सन् २०२१ मा फिल्म ‘आई एम ट्वान्टी वान’
सोमबार, १५ असार २०७७, १३ : ५३
काठमाडौं । कोरियोग्राफीबाट फिल्म निर्देशनमा हात बढाएकी निर्देशक रेनाशा वान्तवा राईको नयाँ फिल्म ‘आई एम ट्वान्टी वान’ २०२१ मा प्रदर्शन हुने भएको छ । निर्देशक राइले फिल्मको छायाँकन अगाडि फिल्मको प्रदर्शनबारे जानकारी दिएकी हुन् ।
फिल्म छायाँकनका लागि अहिले प्रि प्रोडक्सनको कार्यमा रहेको छ । उनले सामाजिक सञ्जालमार्फत फिल्म छिट्टै फ्लोरमा जाने जानकारी समेत दिएकी छन् । अभिनेत्री जसिता गुरुङ र धिरज मगरको मुख्य भूमिका रहने फिल्मको वर्कसप समेत सक्किसकेको छ ।
होम प्रोडक्सन आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा धिरज र जसिता बाहेकको कलाकार भने सार्वजनिक गरिएको छैन । फिल्मको निर्माता प्रज्वलशम्सेर राणा रहेका छन् । रेनाशाले अभिनेता धिरज र अभिनेत्री सामाज्ञीलक्ष्मी शाह लिएर यस अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण