सन् २०२१ मा फिल्म ‘आई एम ट्वान्टी वान’
सोमबार, १५ असार २०७७, १३ : ५३
काठमाडौं । कोरियोग्राफीबाट फिल्म निर्देशनमा हात बढाएकी निर्देशक रेनाशा वान्तवा राईको नयाँ फिल्म ‘आई एम ट्वान्टी वान’ २०२१ मा प्रदर्शन हुने भएको छ । निर्देशक राइले फिल्मको छायाँकन अगाडि फिल्मको प्रदर्शनबारे जानकारी दिएकी हुन् ।
फिल्म छायाँकनका लागि अहिले प्रि प्रोडक्सनको कार्यमा रहेको छ । उनले सामाजिक सञ्जालमार्फत फिल्म छिट्टै फ्लोरमा जाने जानकारी समेत दिएकी छन् । अभिनेत्री जसिता गुरुङ र धिरज मगरको मुख्य भूमिका रहने फिल्मको वर्कसप समेत सक्किसकेको छ ।
होम प्रोडक्सन आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा धिरज र जसिता बाहेकको कलाकार भने सार्वजनिक गरिएको छैन । फिल्मको निर्माता प्रज्वलशम्सेर राणा रहेका छन् । रेनाशाले अभिनेता धिरज र अभिनेत्री सामाज्ञीलक्ष्मी शाह लिएर यस अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ९ जना सम्मानित
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा