शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

गोयबल्सका यी गोर्खे औतारहरु

शनिबार, ०३ साउन २०७७, ०६ : ४७
शनिबार, ०३ साउन २०७७

 

 

‘एफपी अस्पतालमा चौबीस घण्टासम्म सोधपुछ गर्न कोही आएनन् । अस्पतालमा ट्वाइलेट प्रयोग गर्न नसकिने अवस्थाको थियो । खाना त कुकुरलाई जसरी दिइन्थ्यो । माइकिङ गरेर खाना बाटामा छाडिन्थ्यो । कुकुरलाई पनि यसरी दिँइदैन । माइकिङ गर्दा भनिन्थ्यो— तपाई्रँहरुको खाना बाहिर बाटोमा छ । लिन आउनोस् । नत्र कुकु्रले खाइदिन्छ ।......संक्रमित त्यत्तिकै भागेका र सुसाइड गरेका होइन रहेछन् ।’

भुक्तभोगीको क्वारेन्टिन अनुभव, असार २७, कान्तिपुर

एफपी माने सशस्त्र प्रहरी बल । निधारमा सरकारको सिन्दुर पहिरिएको छ । ‘सत्य सेवा सुरक्षण’— चिनारीपाटीमा संकल्प वचन यस्तो छ । भन्नलाई सत्यको रक्षक उही, जनताको सेवक उही, लोकको सुरक्षाकारी उपकारी उही । सरकारको परम् बफादार आदेशपालक उही । भनुँ भने सरकारको चरित्रको प्रतिविम्ब पनि उही । त्यस्तो सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालको क्वारेन्टिनको गति यस्तो छ । क्वारेन्टिनको यो अत्यासलाग्दो अवस्थाले भन्छ— अपवादलाई छाडेर नेपालका क्वारेन्टिन निसासलाग्दा नर्क हुन्  । क्वारेन्टिन बन्दी यातनागृह हुन् । क्वारेन्टिन बलात्कार कोठी हुन् । क्वारेन्टिन कोरोना भाइरस संक्रमणस्थल हुन् । क्वारेन्टिन छिःछिः–दूरदूरका अखाडा हुन् । क्वारेन्टिन प्रायोजित सरकारी मृत्युशाला हुन् । र, क्वारेन्टिन वास्तवमा सरकारको मति र गतिको झलक दिने ऐना हुन् । त्यस्तो ऐना, जसमा सरकारको निकम्मापन, असंवेदनशीलता, अमानवीयता र भ्रष्ट चरित्र छर्लङ्गै देखिन्छ ।


अपवादलाई छाडेर नेपालका क्वारेन्टिन निसासलाग्दा नर्क हुन्  । क्वारेन्टिन बन्दी यातनागृह हुन् । क्वारेन्टिन बलात्कार कोठी हाुन् । क्वारेन्टिन कोरोना भाइरस संक्रमणस्थल हुन् । क्वारेन्टिन छिःछिः–दूरदूरका अखाडा हुन् । क्वारेन्टिन प्रायोजित सरकारी मृत्युशाला हुन् । र, क्वारेन्टिन वास्तवमा सरकारको मति र गतिको झलक दिने ऐना हुन् । त्यस्तो ऐना, जसमा सरकारको निकम्मापन, असंवेदनशीलता, अमानवीयता र भ्रष्ट चरित्र छर्लङ्गै देखिन्छ ।


हामी बाँचेको यो समय इतिहासकै अत्यधिक दुःखको समय हो । पृष्ठभूमिमा गोर्खे भूकम्पको दुःख छ । षड्यन्त्रद्वारा रचित जाली संविधानको दुःख छ । अधिकारयोद्धाहरुको रक्तरञ्जित अवसानको दुःख छ । हाल कोराना महामारीको दुःख छ । बाढी–पहिरोको दुःख छ । गरिखाने इलमको दुःख छ । अझ त्यसमाथि अगस्ती सलहको बथानले ल्याएको अन्नविनाशक भयको दुःख छ । यही कष्टकर समयमा, विडम्बनावश, सरकारको सिंहासनमा खड्गप्रसाद शर्मा ओली गजधम्म विराजमान छन् । कवि ओली, वैज्ञानिक ओली, स्वप्नद्रष्टा ओली, भविष्यवक्ता ओली, कोरोनाविद् ओली, र मूलतः विरलाकोटी चटकपन्थी टपर्टुइँया ओली ।

निरङ्गुश सत्ताको सिंहासनवासी जो हो, त्यो याचकगणको प्रभु हो, त्यो कृपादाता हो, त्यो पददाता हो, त्यो पुरष्कार–पगरीदाता हो, त्यो ञ्चखत माफीदाता हो । यस्तो सर्वज्ञानी एवं सर्वेसर्वा शासकको प्रवृत्तिको  स्वभाव संक्रामक हुन्छ । जो हात थापेर तल उभिन्छ, उसमा माथिकाको चरित्र र प्रवृत्ति संक्रमित हुन्छ । ओलीद्वारा आविष्कृत ठोरीका स्वदेशवासी भगवान रामको चरित्र रैथाने हनुमानहरुमा संक्रमित भएजस्तै । यो संक्रमण माथिकाको कृपा हो, तलकाको अपेक्षा । खन्चुवा सलहको बथान मित्रराष्ट्र भारतबाट जब नेपाली आकाशमा भित्रियो, यता हाहाकार शुरु भयो । पहिले कोरोनाको संक्रमण देखिँदा सरकार कतैका कसैको कमिशनको नशामा लठ्ठ थियो । संक्रमण नियन्त्रणको तयारीमा यसले सिन्को पनि भाँचेन । बरु भन्यो— गोर्खालीको भाग्यको लेखान्तर दह्रो छ । कोरोनालाई यसैले तह लाउँछ । सलह आउने कुरा पनि सरकारलाई निकै अघि थाहा थियो । यहाँ पनि सरकारले नियन्त्रणको तयारीस्वरुप सिन्कोधरी भाँचेन । यस्तोमा कृषीमन्त्री घनश्याम भूषालले पौरखी मुद्रामा भने— ‘सलह कक्रक्कै हुने अमेरिकी गीत मगाइँदै छ ।’ ‘हरे !’ घनश्यामवाणी सुनेर मुख छोप्दै अखिलेश उपाध्यायले ट्वीट गरे, ‘कमसेकम घनश्याम भूषालबाट यस्तो बेसुरे गफ सुनिने अपेक्षा थिएन ।! मित्र अखिलेस ! यो ‘बेसुरा गफ’ कमरेड भूषालको न सचेत वाणी हो, न हो यो उनको स्वेच्छिक वाणी । संक्रमण डाकिएर वा म आएँ है भनेर आउँदैन । त्यो त पत्तै नपाई संक्रमित हुन्छ । यहाँ पनि भएको त्यही हो । ओलीको टपर्टुइँया प्रवृत्ति भूषालमा संक्रमित भयो । यो स्वस्फूर्त संक्रमण हो । ओलीको कृपाबाट मन्त्री पद प्राप्त भएपछि यो संक्रमण त आखिर हुनु नै थियो ! प्रभुको यो कृपा निष्काम कर्म किमार्थ होइन !’


मित्र अखिलेस ! यो ‘बेसुरा गफ’ कमरेड भूषालको न सचेत वाणी हो, न हो यो उनको स्वेच्छिक वाणी । संक्रमण डाकिएर वा म आएँ है भनेर आउँदैन । त्यो त पत्तै नपाई संक्रमित हुन्छ । यहाँ पनि भएको त्यही हो । ओलीको टपर्टुइँया प्रवृत्ति भूषालमा संक्रमित भयो । यो स्वस्फूर्त संक्रमण हो । ओलीको कृपाबाट मन्त्री पद प्राप्त भएपछि यो संक्रमण त आखिर हुनु नै थियो ! प्रभुको यो कृपा निष्काम कर्म किमार्थ होइन !’


अँ, सलहपछि फेरि उही कोरोनाको कुरो । नेपालमा कोरोना भाइरस पैmलावटको यो कुन चरण हो ः? उँभौली हो कि उँधौली ? सरकारी विज्ञहरु भन्छन्— यो खसोखास उँधौलीको चरण हो । स्वतन्त्र विज्ञहरु भन्छन्— यो खसोखास ढाँट कुरा हो । कोरोनाको चरण यही हो भनी किटान गर्न हामीसँग पर्याप्त प्रमाण छैनन् । कुशासनकारी भ्रष्ट सरकार ढाँट्न अभ्यस्त छ । सरकारको इसारामा ढाँट्न सरकारी विज्ञ विवश छ ।

सरकार कुरा ठूला गर्छ, र आप्mनै ठाँट कर्मले आप्mना कुरा काट्छ । स्वास्थ्यमन्त्री भानुले असार १५ देखि प्रतिदिन दश हजार पीसीआर परीक्षण गर्ने उद्घोष गरेका थिए । पन्ध्र गते आयो, र भानुको उद्घोष ढाँट महलमा दर्ता भयो । प्रधानमन्त्री ओलीले उद्घोष गरेका थिए— कोरोना नियन्त्रण गर्न जनसंख्याको दुई प्रतिशतको परीक्षण गरिने छ । दुई प्रतिशत माने करिब ६ लाखको । अहिले दैनिक परीक्षणको संख्याले ओलीको बोलीलाई सोभैm ढाँट महलमा दर्ता गरिरहेछ । अहिलेसम्म बढीमा अढाइ लाखको परीक्षण भयो होला । त्यसमा पनि कतिको दोहोरियो, कतिको तेहरियो । दिनको दश हजार परीक्षण गर्दा पनि ओलीको बोली सत्य ठहरिन महिना दिनभन्दा बढी लाग्छ । तर स्वास्थ्य मन्त्रालय ओलीवाणीलाई ढाँटवाणी सावित गर्न लिट्टी कसेर लागिपरेको छ । र नै त परीक्षण दर दिनको तीन–चार हजारमा झरेको छ । र, यो दिनदिनै झर्दो क्रममा छ । कन ?

सरकारी विज्ञहरुको तर्क छ— संक्रमित घटे, तसर्थ.....। आखिर संक्रमित घटे कसरी ? सरकारी मुखको जबाफ सरल छ— बाहिरबाट आउने कम भए, क्वारेन्टिनका घर गए, तसर्थ....। मन्त्रालयका वरिष्ट प्रवक्ता डा. गौतम तर्क गर्छन्— संक्रमण घटेपछि परीक्षण त घट्ने नै भयो । कनिष्ट प्रवक्ता डा. समीर जिद्दी गर्छन्— परीक्षण गर्नुपर्ने वर्ग कम भयो, तसर्थ.....। सरकारी मुख थरीथरीका छन् । कहिलकाहीँ तिनको कुरो बाझिन्छ । मन्त्रालयको एउटा मुख ढँटुवाहरुको पोल खोल्दै सुटुक्क भन्छ— पीसीआर परीक्षणलाई चाहिने भीटीएम पर्याप्त छैन । र नै परीक्षण सीमित भएको हो । फ्याट्ट यसो भन्छ र यो सरकारी मुख आप्mनै सत्य वचनको डरले मौनताको बर्कोभित्र लुत्त मुख लुकाउँछ ।

स्वतन्त्र विज्ञहरुका तर्क बेग्लै छन् । तिनका चिन्ता बेग्लै छन् । सरकारी स्रेस्तामा संक्रमितको संख्या घटेको देखिएको किन ? डा. अनुप सुवेदीको तर्क छ— कन्ट्याक्ट ट्रेसिङ हुँदै नभएर, भए पनि मिति गुज्रिने गरी ढिलो भएर, जाँचको दायरा घटाएर, जाँचको रिपोर्ट ढिलो भएर । संक्रमित घटे भन्दै सरकार हौसिएको देखेर डा. सुवेदी व्यङ्ग्य मुद्रामा मुसुक्क हाँस्छन्— हरे ! हाम्रो ओली सरकार !

डा. रवीन्द्र पाण्डेको विचारमा संक्रमणको सरकारी आँकडा महामारीशास्त्र विपरीत छ । किन ? संक्रमित घटेको देखिनुका सहजै बुझिने ठोस कारण छन् । ती हुन्— परीक्षणको गति सुस्त हुनु, लामो समय होल्डमा राखेका नमूनाको आरएनए नष्ट हुनु, प्रयोगशालामा गलत रिपोर्ट आउनु, कन्ट्याक्ट ट्रेसिङ नगर्नु आदि । ‘सरकारले कुनै कदम नचाली एक हप्तामा संक्रमित दर ह्वात्तै घटेको’ देखेर डा. पाण्डे आश्चर्यचकित भएका छन् । कटाक्षको मुद्रामा उनी भन्छन्— हठात् जादुगरी काइदाले संक्रमणको दर घटेको यो दृष्टान्त विश्वकै लागि उदाहरणीय छ । बाहिरकाले हेरुन्, जादुको यो कला बुझून् र नेपालबाट पाठ सिकून् ! डा. बाबुराम मरासिनी त अझ सरकारले संक्रमितको आँकडा लुकाएको शङ्का गर्छन् । र, डा. समीर यो शङ्कालाई सदर गर्छन् । उनको प्रश्न छ— मन्त्रालयले दिनहुँ किन अपडेट दिइरहनु पर्‍यो ? त्यो त प्रयोगशालको काम पो हो । डाक्टसाहेबको यो आक्रामक कथनमा स्वास्थ्य मन्त्रालयको इमानमाथि नै शङ्का छ ।


‘सरकारले कुनै कदम नचाली एक हप्तामा संक्रमित दर ह्वात्तै घटेको’ देखेर डा. पाण्डे आश्चर्यचकित भएका छन् । कटाक्षको मुद्रामा उनी भन्छन्— हठात् जादुगरी काइदाले संक्रमणको दर घटेको यो दृष्टान्त विश्वकै लागि उदाहरणीय छ । बाहिरकाले हेरुन्, जादुको यो कला बुझून् र नेपालबाट पाठ सिकून् ! डा. बाबुराम मरासिनी त अझ सरकारले संक्रमितको आँकडा लुकाएको शङ्का गर्छन् । र, डा. समीर यो शङ्कालाई सदर गर्छन् । उनको प्रश्न छ— मन्त्रालयले दिनहुँ किन अपडेट दिइरहनु पर्‍यो ?


संक्रमितहरु फेला नपरेर मानौँ सरकारी विज्ञहरु न हाँसु न रोऊँको मनोदशामा छन् । नठाँटु भन्दाभन्दै सरकारलाई खुशी पार्नका लागि ढाँट्न विवश यी विज्ञ समक्ष अज्ञानी लोकका केही प्रश्न छन् । असार २ सम्म क्वारेन्टिनमा १ लाखभन्दा बढी मानिस थिए । अहिले घटेर बाह्र–पन्ध्र हजारमा झरे हुनन् । तिनले क्वारेन्टिन किन छाडे ? क्वारेन्टिनको व्यवहार सशस्त्र प्रहरी बलको अस्पतालको जस्तै भएर होइन ? कतिपय जन नारकीय क्वारेन्टिनबाट भागे । बर्खा लागेपछि भेल, ढुसी, झुसिल्किरा, सर्प र बिच्छीको भयले अरु कतिपय जन अलप भए । भद्रगोल क्वारेन्टिनहरु मृत्युका अखाडा सरह बद्नाम भए । आखिरमा सरकारले लत्तो छाडेर संक्रमणको जाँचै नगरी थुप्रा जनलाई घर जान दियो । जो गए, ती अहिले कहाँ छन् ? के ती सरकारी अनुगमको नजरमा छन् ? क्वारेन्टिन खाली हुँदैजाँदा जाँचको दायरा स्वभावतः साँघुरियो । यस्तोमा संक्रमणको यथार्थ अवस्था बुझ्न समुदाय तहमा व्यापक परीक्षण गर्नु पर्दैैन ? किनारमा लिन्ठिङ्ग उभिएर भेल उर्लिएको नदीको उत्ताल वेगको मापन गर्न सकिन्छ ? सरकारी विज्ञहरु ङिच्च हाँस्दै भन्छन्— परीक्षण गरिएकै छ त ! यसरी ‘गरिएकै छ त’ भन्नु ढाँट्नु होइन भने विज्ञहरु रवीन्द्र पाण्डे, अनुप सुवेदी, बाबुराम मरासिनी, समीरमणि दीक्षित आदि ढँटुवा हुन् त ? हुन् भने सरकारले कृपा गरी यी झुटका संवाहक र प्रचारकहरुलाई गुथाइदिनु पर्दैन विद्युतीय कारोबारका सानो पगरी ?

ओली सरकार कोरोना नियन्त्रण गर्ने जिम्मेवारीबाट भाग्न पाङ्दुरे तर्कहरुको सिर्जना गरिरहेछ । यो भन्छ— दुर्लभ पीसीआर किट मासेर लक्षण नदेखिएका जनको जाँच किन गर्नु ? यसो भन्छ र लक्षणविहीन जनलाई जाँचै नगरी क्वारेन्टिनबाट ग्वाग्र्वार्ती घर पठाउँछ । स्वतन्त्र विज्ञहरु भन्छन्— ९९.७ प्रतिशत संक्रमितमा लक्षण देखिएको छैन । उसोभए लक्षण नदेखिने व्यक्तिबाटै संक्रमण फैलिने खतरा ज्यादा छ  त ! प्वाक्क भन्न डर लाग्छ । तर नभनी धरै छैन । अब हामीले ओली सरकार स्वयलाईं जानाजान कोरोना सल्काउने कारक मान्नु प¥यो, होइन ? अघिअघि यिनै सरकारी विज्ञहरु भन्थे— बाहिरबाट आउनेहरुका लागि क्वारेन्टिन अनिवार्य छ । संक्रमणको आशंका भएका भित्रकाहरुका लागि क्वारेन्टिन झन् अनिवार्य छ । विज्ञ भनाउँदा तिनै सरकारी मुख अहिले भनिरहेछन्— घरैमा क्वारेन्टिनमा बसे हुन्छ । घरैमा आइसोलेसनमा बसे हुन्छ । अमेरिकामा, जहाँ घरको संरचना र सुविधा क्वारेन्टिन वा आइसोलेनका लागि अनुकूल छ, त्यहाँ अहिले यसबारे चर्को आशंका छ । आशंका भन्छ— अमेरिकामा संक्रमणको यो भयावह व्यापकताकोे कारण कतै गृह क्वारेन्टिन र आइसोलन त होइन ? अनि नेपालमा ? यहाँका कति घर क्वारेन्टिन र आइसोलेसनका लागि अनुकूल छन् ? संक्रमितलाई दोहोरो हावा चल्ने अलक्कै कोठा र अलक्कै चर्पी रे ! शासक महलहरुमा त यी सुविधा उपलव्ध होलान् नै, जनताका घर–छाप्रामा यी कहाँ उपलव्ध हुनु ? सडकमा प्रहरीको डरले कताकती मास्क लगाउने जन आप्mना घरको कोठामा मास्क लगाएर बस्लान् ? यो प्रश्नले उत्तर माग्दैन । लाग्छ, ओली रकारलाई जनजनको स्वास्थ्य र जीवनभन्दा अकर्मण्यता र झुट प्यारो छ । घरमै क्वारेन्टिन र आइसोलेनमा बसायो, सरकारलाई हाइसन्चो । प्वाक्क भन्न डर लाग्छ । तर नभनी धरै छैन । जिम्मेवारीबाट भाग्न संक्रमितलाई घरमै क्वारेन्टिन वा आइसोलेसनमा बस भन्ने यो सरकार स्वयलाईं जानाजान कोरोना सल्काउने कारक मान्नु प¥यो, होइन ?


अमेरिकामा, जहाँ घरको संरचना र सुविधा क्वारेन्टिन वा आइसोलेनका लागि अनुकूल छ, त्यहाँ अहिले यसबारे चर्को आशंका छ । आशंका भन्छ— अमेरिकामा संक्रमणको यो भयावह व्यापकताकोे कारण कतै गृह क्वारेन्टिन र आइसोलन त होइन ? अनि नेपालमा ? यहाँका कति घर क्वारेन्टिन र आइसोलेसनका लागि अनुकूल छन् ? संक्रमितलाई दोहोरो हावा चल्ने अलक्कै कोठा र अलक्कै चर्पी रे ! शासक महलहरुमा त यी सुविधा उपलव्ध होलान् नै, जनताका घर–छाप्रामा यी कहाँ उपलव्ध हुनु ?


कोरोनाको नाउँमा नित्य कमिशन ज्युनार गर्नु बेग्लै कुरा हो । कोरोना नियन्त्रणचाहिँ ओली सरकारको प्राथमिकतामा कहीँ छैन । हुँदो हो त यो दुर्गति किन हुन्थ्यो ? सुन्नोस्त  सरकारी गोयबल्सको यो बोली कति खतरनाक छ ! संक्रमण घट्यो, त्यसैले परीक्षण घटाइयो ! घरै ठीक हुने बुझियो, त्यसैले क्वारेन्टाइन र आइसोलनमा घरै पठाउने भइयो ! प्वाक्क भन्न डर लाग्छ । तर नभनी धरै छैन । ओली सरकार स्वयंले कोरोला फैलाएर थुुप्रा जनको ज्यान जखम गर्ने खतरा भो ’ हिजो सत्य र न्यायको आवाज दिने केही युवाहरु सडकमा थिए, आज खै ती कहाँ गए ?


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप