राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
सारांश
- राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ ले बक्स अफिसमा सुखद सुरुवात गर्दै पहिलो दिन भारु २९.२० करोड सङ्कलन गरेको छ ।
- पेड प्रिभ्यू शोहरूबाट १८.५० करोड कमाएको यो फिल्मको कुल कलेक्सन हालसम्म ४७.७० करोड पुगेको छ ।
- यद्यपि, यो फिल्म रामचरणको करियरकै सबैभन्दा ठुलो ओपनिङ गर्ने फिल्म बन्ने सम्भावना भने कम देखिन्छ ।
मुम्बई । तेलुगु स्टार राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ बिहीबार (जुन ४ आज) देखि रिलिज भएको छ । पटक–पटक रिलिज मिति सरेपछि अन्ततः यो फिल्म दर्शकमाझ आएको हो । फिल्मले बक्स अफिसमा प्रदर्शनको सुखद सुरुवात गरेको छ ।
भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन भारु २९.२० करोड सङ्कलन गरेको छ । यसअघि पेड प्रिभ्यू शोहरूबाट फिल्मले भारु १८.५० करोड कमाएको थियो । यससँगै फिल्मको कुल कलेक्सन हालसम्म भारु ४७.७० करोड पुगिसकेको छ ।
‘पेद्दी’ बाट निर्माता र अभिनेता राम चरणले निकै आशा राखेका छन् । यद्यपि, यो फिल्म रामचरणको करियरकै सबैभन्दा ठुलो ओपनिङ गर्ने फिल्म बन्ने सम्भावना भने कम देखिन्छ । उनको पहिलो दिनमा सबैभन्दा बढी कमाउने फिल्म ‘आरआरआर’ हो, जसले भारतमा पहिलो दिन भारु १३३ करोडको कमाइ गरेको थियो ।
राम चरणको दोस्रो सबैभन्दा ठुलो ओपनर फिल्म ‘गेम चेन्जर’ हो, जसले पहिलो दिन भारु ५१ करोड सङ्कलन गरेको थियो । अब ‘पेद्दी’ ले ‘गेम चेन्जर’ को ओपनिङ रेकर्डलाई पार गर्न सक्छ कि सक्दैन भन्ने कुरा आगामी दिनको कमाइमा निर्भर हुनेछ ।
‘पेद्दी’ मा राम चरणसँगै अभिनेत्री जाह्नवी कपूर मुख्य भूमिकामा छिन् । जाह्नवीलाई आफ्नो करियरकै सबैभन्दा ठुलो ओपनिङ तेलुगु फिल्म ‘देवरा पार्ट १’ बाट मिलेको थियो । जूनियर एनटीआर स्टारर ‘देवरा पार्ट १’ ले पहिलो दिन बक्स अफिसमा भारु ७७ करोडको ओपनिङ गरेको थियो ।
बुची बाबु सनाद्वारा निर्देशित ‘पेद्दी’ को कथा पहाडी गाउँका एक दैनिक ज्यालादारी मजदुर पेद्दी (राम चरण) को वरिपरि घुमेको छ । पेद्दी आफ्नो मनले जे भन्छ, त्यही काम गर्छन्, किनकि उनी ‘दोस्रो पटक जन्मने होइन’ भन्ने मान्यता राख्छन् । उनी आफू र आफ्नो गाउँलाई पहिचान दिलाउन उच्च जात र सहरिया मानिसहरूसँग सङ्घर्ष गरिरहेका छन् ।
पेद्दी उत्कृष्ट क्रिकेट खेल्छन् र आफूमाथि लाग्ने बोलीबाट पैसा कमाउँछन् । तर एक दिन उच्च जातका मानिसहरू मिलेर उनलाई हराउँछन् ।
आफ्नो पहिचान र सम्मान पाउनका लागि पेद्दीले क्रिकेट छोडेर कुस्ती खेल्न थाल्छन् ताकि स्वर्ण पदक जितेर पहिचान बनाउन सकियोस् । त्यसपछि सम्मानका लागि पेद्दीले यस्तो कदम चाल्छन्, जसको कसैले कल्पना समेत गरेका हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण