रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
सारांश
- रुकुम पश्चिममा प्रहरीले त्रिवेणी गाउँपालिकाका वडाध्यक्षसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
- लामाखेतस्थित एक घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
- प्रहरीले जुवाको खालबाट नगद १ लाख ६७ हजारभन्दा बढी, तास र अन्य सामग्री बरामद गरेको छ ।
रुकुम पश्चिम । रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका—४, का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाठा, मुसिकोट नगरपालिका—११, का ४८ वर्षीय कमल पुन, त्रिवेणी—५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती रहेका छन् ।
यस्तै, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्तीमगर, नन्द कुमार घर्तीमगर र त्रिवेणी—२ का ४० वर्षीय मन बहादुर बोहोरा रहेका छन् ।
रुकुम पश्चिम प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबार बिहान करिब २ बजेको समयमा त्रिवेणी गाउँपालिका—४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा खटिएको ६ जनाको टोलीले छापा मार्दा जुवाको खालबाट नगद १ लाख ६७ हजार १०५ रुपैयाँ, एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण