प्रहरी चौकीभित्रै मृत फेला
बुधबार, २८ साउन २०७७, १७ : २६
कैलाली । धनगढी उपमहानगरपालिका फुलबारीमा रहेको सीमा प्रहरी चौकी बौलियामा १ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा १४ फुलबारीका अन्दाजी वर्ष ४६ का अमरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनलाई मदिरा सेवन गरि बन्चरो र हसिया लिएर गाउँलेलाई तर्साउने गरेको सूचनाको आधारमा पक्राउ गरि प्रहरी चौकी बौलियामा ल्याएको विष्टले बताए ।
आज दिउँसो १२ः४० बजे पिसाब फेर्न जाने भन्दै टवाईलेट गएका उनलाई मृत भेटिएको उनले बताए । उनको साथमा बिलेट भेटिएको र मुखबाट रगत आइरहेको समेत उनले बताए । आजै उनलाई पोस्टमार्टमका लागी सेति प्रादेशिक अस्पतालमा लगिएको विष्टको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार