पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध्
शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ ।
लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बेँसीशहर नगरपालिका–६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिराले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सबइन्जिनीयर सुमन अधिकारीले बताए । उनले भने, “तत्काल सडक खुलाउने सम्भावना छैन । यहाँनिर साँगुरो सडक छ, जमीन गलेको छ, सडक तल मस्र्याङ्दी नदीले खोतलेको छ भने माथिबाट पहिरा खस्ने गरेको छ ।’’
सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् ।
यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिराले करीब २० मिटर सडक भासिएको थियो भने केही भागमा ढुङ्गामाटोले सडक ढाकेर अवरुद्ध भएको थियो ।
सडक भासिएपछि सोही भिरको कुनापट्टिको भाग खोतलेर बुधबार साँझबाट सडक पुनः सञ्चालन भए पनि सोही स्थानमा आज पुनः पहिरा खसेपछि सडक अवरुद्ध भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ