काठमाडौंको सडकमा रहेका भोकालाई रोटरीको साथ
काठमाडौं । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड १९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुकहरु प्रभावित छन्, जसमा नेपाल पनि अछुतो रहेन । नेपाल सरकारले गत वर्ष चैत्र ११ गते लकडाउनको घोषणा गरेपछि सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुरहरु र सडकमा जीवन बिताउने मानिसहरु भए । कोभिड १९ का संकटमा काठमाडौंका सडकहरुमा रहेका भोकाहरुलाई र मजदुरहरुलाई दैनिकएक छाक खुवाउने उदेश्यले रोटरी क्लब अफ काठमाँडौ हाइट र रोट¥याक्ट क्लब अफ काठमाडौं मिड टाउनले संयुक्त रुपमा मिसन १ लाख मिल सञ्चालन गरेको छ ।
यसै कार्यक्रम अन्र्तगत पहिलो चरणमा आज काठमाडौंको खुलामञ्च, थहिटी, ठमेलको जे पी मार्ग, कमलादी गणेशथान, सामाखुशी, सोह्रखुटे, जमलका विभिन्न ठाँउहरुमा जम्मा ७ सयजना लाई निशुल्क पौष्टिक खाना खुवाइएको छ । उक्त कार्यक्रम १ लाख निशुल्क खाना खुवाउने लक्ष्य प्राप्त नभएसम्म जारी रहने रोटरी क्लब अफ काठमाँडौ हाइट का अध्यक्ष समिर नेपालले बताए ।
लकडाउनको सुरुवाती दिनहरुमा पिए नेपालकी अध्यक्ष इन्दिरा रानामगरले आफ्नै पहलमा यो योजनाको सुरुवात गरेकी हुन् । संकटको समयमा सडकका भोका र घरबारबिहिनको उल्लेख्य संख्या देखेर रोटरी क्लब अफ काठमाडौं हाइटले यो अभियान सुरु गरेको हो भने यस अभियानलाई रोटरी ५०२० युएस ए/क्यानडा र रोटरी ५०३० युएस एले पनि सहयोग गर्दे जाने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने