उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, नक्कली शैक्षिक प्रमाणपत्रका मुद्दा हेर्ने क्षेत्राधिकार पाएको विशेष अदालतले एक साताका लागि साक्षीको बकपत्र गराउने सेवा स्थगन गरेको छ ।
विशेष अदालतले शुक्रबारदेखि लागू हुने गरी साक्षीको बकपत्र गराउने सेवा स्थगित गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अन्य नियमित सेवा यथावत् रहे पनि बकपत्रको सेवा स्थगन गरिएको बताए । अदालतले शुक्रबारदेखि असोज ३० गतेसम्म बकपत्र नगर्ने पक्षहरूलाई सूचित गरेको छ ।
सर्वोच्च अदालतमा एक न्यायाधीश, केही इजलास अधिकृत र कर्मचारीमा सङ्क्रमण भएपछि आइतबारदेखि सेवा प्रवाह कटौती भएको हो । सर्वोच्चमा अहिले बन्दी प्रत्यक्षीकरण, केही निवेदन र प्रतिवेदनबाहेक अन्य सम्पूर्ण नियमित पेसी स्थगन गरिएको छ । सङ्क्रमितको निकट सम्पर्कमा रहेका न्यायाधीशहरू आइसोलेसनमा बसेकाले अन्य इजलास बस्न सकेका छैन । यस्तै सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका कर्मचारीहरू पनि आइसोलेसनमा नै रहेका छन् ।
सर्वोच्च अदालतले दशैँसम्म नै नियमित मुद्दाको सुनुवाइ प्रभावित हुने यसअघि नै जनाइसकेको छ । अदालतमा अहिले दैनिक दुईदेखि तीन इजलास मात्र सञ्चालनमा छन् । अन्य प्रशासनिक कामकाज केही प्रभावित भएको छ । आइतबार भने सर्वोच्चमा एक मात्र एकल इजलास सञ्चालित थियो । त्यसयता बढीमा दुई न्यायाधीश रहने संयुक्त इजलास एक र एक एकल इजलास तोकिएका छन् । संयुक्त र एकल इजलासमा रहने न्यायाधीश भने एकै रहेका छन् । शुक्रबार भने फरक फरक न्यायाधीशका तीन इजलास सर्वोच्चमा गठन भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
-
इरानमा युद्धविराम सम्झौताको आशासँगै ओर्लियो तेलको भाउ
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण