शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीद्वारा मुम्बईलाई १ सय ६३ रनको चुनौती

आइतबार, २५ असोज २०७७, २१ : ५६
आइतबार, २५ असोज २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ६३ रनको चुनौती पेस गरेको छ । युएईको शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बटुलेको हो । 

दिल्लीका लागि ओपनर शिखर धवनले अर्ध शतक बनाए । ५२ बलमा ६ चौका र १ छक्कासहित उनी ६९ रनमा अविजित रहे । ओपनर पृथ्वी शालाई ४ रनमा गुमाएको दिल्लीले अजिंक्या रहाणेबाट १५ रनको मात्र योगदान दिन सक्यो । कप्तान श्रेयस ऐर र धवनबीच ८५ रनको साझेदारी रह्यो । ऐर ४२ रनमा पेभिलिएन फर्किए भने मार्कस स्टोइनिस १३ रनमा रन आउट भए 

डेब्यु खेल खेलेका विकेटकिपर एलेक्स केरी ९ बलमा १४ रनमा अविजित रहे । यस्तै मुम्बईका लागि क्रुनाल पान्ड्याले २ विकेट लिए भने ट्रेन्ट बोल्टको नाममा खर्चेर १ विकेट रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप