रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासलाई स्थानीयहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।
सोही सूचनाको आधारमा अस्थाई प्रहरी छेदिचौक बाट गएको टोलीले अभियुक्त दासलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए । निजलाई आवश्यक कार्वाहीको लागि आजै जिल्ला अदालत गौरमा हाजिर गराउने एसपी शाहले जानकारी दिएका छन् । आरोपी दास गत बैशाख ७ गते राती कटहरिया नपा वडा नं१ भसेडवा बस्ने सन्दिप यादवलाई कुटपिट गरी ज्यान मारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने