मेस्सीबिना पनि बार्सिलोनाको शत प्रतिशत नतिजा कायम
बिहीबार, १८ मङ्सिर २०७७, ०८ : ४१
बार्सिलोनाले फेरेंकभारोसमाथि ३–० को सहज जीत हासिल गर्दै च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । समूह जीको अन्तिम खेलमा युभेन्टसविरुद्ध बराबरी मात्र गरे बार्सिलोना समूहको शीर्ष स्थानमा कायम रहनेछ ।
आइतबार ओसासुनाविरुद्धको खेलमा सहभागी टोलीमा म्यानेजर रोनाल्ड कोम्यानले ५ वटा परिवर्तन गरेका थिए । कप्तान लियोनेल मेस्सीलाई पनि आराम दिइएको थियो ।
तर, मेस्सीलाई कसैले ‘मिस’ भने गरेनन् । खेलको शुरुवाती २८ मिनेटमा नै ३ गोल गर्दै बार्सिलोनाले जीत सुनिश्चित गर्यो । एन्टोनी ग्रिजमानले गोल बार्सालाई अग्रता दिलाए भने ६ मिनेटपछि मार्टिन ब्राथवेटले अग्रता दोब्बर बनाए । २८ औँ मिनेटमा फ्रेन्च विंगर ओसमान डेम्बेलेले तेस्रो गोल गर्दै टोलीलाई जीत दिलाए ।
समूह जीमा बार्सिलोनाको १५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युभेन्टसको १२ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार