शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा भइरहेको कारोबारको अनुसन्धान गर्न बोर्डले नेप्सेलाई पठायो पत्र

शुक्रबार, १९ मङ्सिर २०७७, १३ : ५५
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । पछिल्लो समय सेयर बजारको लगातार बृद्धिपछि नेपाल धितोपत्र बोर्डले बजार किन बढिरहेको छ भन्दै नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ ।  बजारको बृद्धिमै शंका गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग के कति कारणले बजार बढेको हो भनेर बोर्डले पत्र पठाएको नेप्सेका एक अधिकारीले बताए । नेप्से स्रोतकाअनुसार अहिलेको बजार बृद्धि अस्वभाविक होइन तर नियामकले अस्वभाविक पाराले पत्र पठाएको छ ।

औपचारिक रुपमा उसले अस्वभाविक कारोबार भन्न नमिलेकाले के केति कारण बजार बढेको हो भन्दै जिज्ञासा गरेको नेप्से स्रोतले बतायो । बोर्डले बुधबार नेप्सेलाई पत्र पठाएका हो । सेयर बजारमा स्रोत नखुलेको धनले प्रवेश पाएको आशंकामा बोर्डले पत्र पठाएको हो ।

नेप्से स्रोत भन्छ, ‘बोर्डले अहिले बजारमा भइरहेको कारोबारको लगानीको स्रोत के हो ? लगानीकर्ताले बजारमा लगानी गरेको रकम कस्तो हो ?, कर तिरेको छ की छैन ? भन्ने विषयमा स्पष्ट छानबिन गर्न भन्दै पत्र आएको छ, त्यसको जवाफ फर्काउने क्रममा छौ ।’ 
पछिल्लो समय सेयर बजारको बृद्धिमा स्रोत नखुलेको धन भित्रिएको आशंका हुन थालेको छ । यसको चर्चा चल्न थालेपछि नियामकको नाताले बोर्ड सचेत हुन खोजेको हो । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले पनि सेयर लगानीमा ऋण दिइरहेका छन् । सो क्षेत्रको लगानी बढी भएको कारण नेपाल राष्ट्र बैंकले पनि सेयर कर्जामा पुनर्विचार गरिने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत बताएको छ ।

सेयर बजारले २१ सय बिन्दुमा पुग्ने तरखर गरिरहँदा सिमित कम्पनीको मात्र सेयर मूल्य बढिरहेको छ । राम्रै प्रतिफल दिने (बैंक तथा वित्तिय संस्था) कम्पनीहरुको सेयर मूल्य खासै बढेको छैन । यसले गर्दा बजारमा आशंका पैदा भएको छ ।  केहीदिन अघिमात्रै धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझ पूर्ण लगानी गर्नु भन्दै औपचारिक रुपमै विज्ञप्ति निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप