शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रयोगात्मक अभ्यास पुरा नगरे नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुन नपाइने

बुधबार, ०१ पुस २०७७, १४ : १५
बुधबार, ०१ पुस २०७७

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले प्रयोगात्मक अभ्यास पुरा नगरेका विद्यार्थीलाई दर्ता परीक्षामा सहभागी नगराउने भएको छ । आज एक सूचना जारी गर्दै काउन्सिलले सो कुराको जानकारी दिएको हो । काउन्सिलले प्रयोगात्मक अभ्यासका लागि तोकिएको समय पुरा नगरी अन्तिम परीक्षामा उतीर्ण भए नाम दर्ता परीक्षामा सामेल गराउने जनाएको छ ।  

काउन्सिलको मंसिर १६ गते बसेको बैठकले नियम पुरा नगरिकन नर्सिङ नाम दर्ता परीक्षामा सहभागी नगराउने विषय विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद्लाई समेत जानकारी दिएको छ । उता, पूर्वाञ्चल विश्वविद्यालयले गत मंसिर ८ गते बिएस्सी नर्सिङ र प्रविणता प्रमाणपत्र तहको फाइनल परीक्षाको सेड्युल प्रकाशन गरेको भन्दै काउन्सिलले ध्यानाकर्षण भएका जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप