अब १६ वर्षमै नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन
काठमाडौँ – नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।
सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् ।
नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ ।
यसैगरी, सेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको बैठकमा कुटाकुट
-
एक साताभित्र सरकारलाई पूर्णता दिन्छौँ : मुख्यमन्त्री कार्की
-
नीति कार्यक्रमबारे देउवा र लामिछानेलाई सभामुखको टेलिफोन
-
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत : पक्षमा ५७, विपक्षमा शून्य
-
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
-
भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ