प्रदेश
एक साताभित्र सरकारलाई पूर्णता दिन्छौँ : मुख्यमन्त्री कार्की
सोमबार, ३१ वैशाख २०८१, १५ : ५०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहयात्री दलहरूसँग छलफल गरेर एक साताभित्र प्रदेश सरकारलाई पूर्णता दिने बताएका छन् ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले माओवादी र एमालेबिच छलफल गरेर मन्त्रिमण्डललाई पूर्णता दिने बताएका हुन् ।
‘ढिलोमा पनि यो हप्ताभित्र सरकारले पूर्णता पाउँछ’, मुख्यमन्त्री कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्कीले कार्यबोझ नथपिए मन्त्रालय नथप्ने दुई दलबिचमा सहमति भएको पनि जनाएका छन् । हाल कोशीमा ९ मन्त्रालय छन् ।
उनले नेपाली कांग्रेसले आफूले विश्वासको मत लिने क्रममा बहिस्कार गरेर संसदीय अभ्यासबाट चुकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण