भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ
काठमाडौँ। भन्सार विभाग घेराउमा उत्रिएका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का नेता तथा कार्यकर्तामाथि प्रहरी धरपकड भएको छ । त्रिपुरेश्वरस्थित विभागको घेराउमा उत्रिएका आजपाका कार्यकर्तामाथि सोमबार प्रहरीले धरपकड गरेको हो । सो क्रममा आजपाका एक दर्जन कार्यकर्ताहरू पक्राउ परेका छन् ।
आन्दोलनका क्रममा प्रहरी धरपकडमा केन्द्रीय सदस्यहरू चन्दा देवी साह र चन्द्रिका साह घाइते भएको सो पार्टीले जनाएको छ ।
यस्तै तिलक थापा मगर, चन्द्र भूषण साह, रञ्जु साह, आर्य पाण्डे, चन्द्रिका लाल साह, देव कुमारी साह, कनक सिंह, मीना देवी साह, बिरबल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साहलगायत पक्राउ परेको सो पार्टीले जनाएको छ ।
आजपाले विगत लामो समयदेखि भन्सार नियमावलीमा भएको गत प्रावधान खारेजीको माग गरेर आन्दोलन गर्दै आएको छ । आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेज नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण