शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दो

बुधबार, ०५ फागुन २०७७, २२ : ३०
बुधबार, ०५ फागुन २०७७

एजेन्सी । रुसमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

अघिल्लो दिन सोही अवधिमा सङ्क्रमितको सङ्ख्या १३ हजार २३३ रहेकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट ४१ लाख १२ हजार १५१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ८१ हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमित भएर पनि ३६ लाख ४२ हजार ५८२ जना सङ्क्रमणमुक्त भएका छन् । राजधानी मस्कोमा मात्रै पछिल्लो २४ घण्टामा एक हजार २८२ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिन एक हजार ४०९ जना सङ्क्रमित भएका थिए । मस्कोमा मात्रै अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या नौ लाख ६० हजार ६८७ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप