प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण
धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजले पदभार ग्रहण का छन् । आइतबार प्रदेश प्रमुख झाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्र्दै प्रमुखा झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’
उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो