महेन्द्रनारायण निधिको प्रतिमा अनावरण
काठमाडौं । नेपाली काँग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल भित्र निधिको प्रतिमा स्थापना गरिएको हो । नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका छन् । सो अवसरमा उप–सभापति निधिले अस्पतालको नवनिर्मित भवन समेत उद्घाटन गरेका थिए ।
नेपालमा पहाडी भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरुको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भएपनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा पुगेका व्यक्तिहरुको पहाडी भेगमा खासै प्रतिमा स्थापना नगरिएको विगत रहेको छ । तराई मधेसबाट स्थापित नेताहरुमध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो