शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खोप लगाएपछि समस्या देखिएका डा. भट्टराई अस्पतालबाट आज डिस्चार्ज हुँदै

शुक्रबार, २१ फागुन २०७७, १४ : ५८
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं—पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई त्रिवि शिक्षण अस्पतालबाट आजै डिस्चार्ज हुने पारिवारिक स्रोत जनाएको छ । भट्टराईलाई दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण गर्दा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएसँगै मंगलबार स्वदेश फकिएका हुन् ।

बिहीबार कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप लगाएपछि डा. भट्टराईलाई १ सय ४ डिग्री ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल टिचिङमा भर्ना भएका थिए । हाल उनको स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने पारिवारिक स्रोतको भनाइ छ । यस्तै डा.भट्टराईलाई ट्युमरको छिटो शल्यक्रिया गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप