संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र वैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको पुनःस्थापनाबाट व्यवस्था, प्रणाली र बहुलवादमा आधारित लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली विघटनबाट बचेको उल्लेख गरे ।
नेता पौडेलले भने, “अहिलेको व्यवस्था विघटनबाट बचेको छ तर यो व्यवस्थालाई विकृति र विसङ्गतिबाट बचाउनु छ । यसलाई बचाउन नसके यस्ता अनिष्ट हाम्रो आकासमा मडारिहन्छन् ।”
उनले हाम्रो राजनीतिक भूमिका कहाँ उपयुक्त हुन्छ, त्यहाँ कुनै पूर्वाग्रह आग्रह नराखी पूरा गर्नुपर्दछ भन्ने आफ्नो पार्टीभित्र मत रहेको बताए । “प्रतिपक्षमा सानो भएपनि भूमिका ठूलो छ । प्रजातन्त्रका लागि निरन्तर लड्दै आएकाले लोकतान्त्रिक प्रणालीको प्रक्रियालाई आफ्नो स्वार्थका लागि बिथोल्ने कार्य नगरौँ, स्वभाविक ढङ्गले अघि बढाउन सहयोग गरौँ ।”
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले लोकतन्त्रको रक्षा र नागरिक खबरदारीका लागि समाजका विभिन्न सङ्घ संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुइ दिनसम्म सञ्चालन हुने समाजको राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री