सेयर बजारमा ३२ अंकको वृद्धि, ६ अर्बको कारोबार
मङ्गलबार, १७ चैत २०७७, १५ : ३३
मंगलबार सेयर बजारमा ३२.१५ अंकले वृद्धि भएको छ । १.२६ प्रतिशतले बढेको बजारमा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा बढोत्तरी छ । आज वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ३४ रुपैयाँ पुगेको हो ।
दोस्रो बढी सेयर मूल्य बढ्नेमा सानिमा जनरल इन्सुरेन्स रहेको छ । यसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिसेयर ७ सय ६ रुपैयाँ कायम भएको छ ।
सबैभन्दा बढी कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यसको आज ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर