ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री
काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।
खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा राष्ट्रपतिबाट नियुक्त हुन सक्ने भए पनि उसले ६ महिनाभित्र संघीय संसदको सदस्यता हासिल गरिसक्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रिपरिषद पुनर्गठन गर्दा मन्त्रिपरिषदमा सामेल गरेका थापा र तामाङ आगामी असारभित्र संसदको सदस्य हुन नसके सरकारबाट अनिवार्यरुपमा बिदा लिनुपर्नेछ ।
संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ । तर, सांसद नरहे पनि मन्त्रीमा शपथ लिएको व्यक्तिले ६ महिनाभित्र संघीय संसद्को सदस्य बन्नुपर्ने संवैधानिक प्रावधान छ । ६ महिनाभित्र ऊ सांसद बन्न नसके त्यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था छ । सोही प्रावधानअनुसार मन्त्रीद्वय थापा र तामाङले असार उता सरकारमा स्थान नपाउने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जितमा कुशल र दीपेन्द्रको अर्धशतक
-
जनक शिक्षाको पुस्तक विद्यार्थीको हात हातमा, स्थानीय पाठ्यपुस्तकको छैन टुङ्गो
-
चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा
-
प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता, के भयो कुराकानी ?
-
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
-
संसद् खुलाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल