भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार राति उम्मेदवारका लागि विज्ञापन जारी गरेको हो । उम्मेदवारहरूले मे २७ गते साँझ ६ बजेसम्म आवेदन दिन सक्नेछन् ।
राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।
यता नयाँ मुख्य प्रशिक्षकको चयन टी–२० विश्वकपका दौरान हुनेछ । उनको कार्यकाल जुलाई १, २०२४ देखि सुरु हुनेछ र डिसेम्बर ३१, २०२७ सम्म रहनेछ। यस अवधिमा भारतीय टोलीले आईसीसीका ५ वटा प्रतियोगिता खेल्नुपर्नेछ । जसमा च्याम्पियन्स ट्रफी, टी-२० विश्वकप र एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको २ चक्र समावेश छ।
यस्ता छन् योग्यताको शर्त
बीसीसीआईले आफ्नो विज्ञापनमा मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने उम्मेदवारहरूसँग निश्चित योग्यता हुनुपर्ने उल्लेख गरेको छ। जसमा ३० टेस्ट र ५० एकदिवसीय खेलेको अनुभव हुनुपर्ने, कम्तीमा २ वर्षको लागि पूर्ण सदस्य टेस्ट खेल्ने टोलीको प्रशिक्षक हुनुपर्ने, कुनै पनि एसोसिएट देश, आईपीएल टोली, अन्तर्राष्ट्रिय लिग, प्रथम श्रेणी टोली, राष्ट्रिय ए टोलीमा ३ वा सोभन्दा बढी वर्ष प्रशिक्षक भएको हुनुपर्ने, बीसीसीआई कोचिङ लेभल-३ प्रमाणपत्र हुनुपर्ने र उमेर ६० वर्षभन्दा कम हुनुपर्ने बताइएको छ ।
सन् २०२१ मा मुख्य प्रशिक्षक बनेका थिए द्रविड
राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । त्यतिबेला भारतीय टोली टी-२० विश्वकपको समूह चरणबाट बाहिर थियो। टोलीले त्यसपछि सन् २०२२ को टी-२० विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो।
सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि नै द्रविडको कार्यकाल सकिएको थियो । तर भारत फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म बढाइएको थियो ।
द्रविडसँगै कोचिङ स्टाफको कार्यकाल पनि थपिएको थियो । जसमा ब्याटिङ कोच विक्रम राठौर, फिल्डिङ कोच टी दिलीप र बलिङ कोच पारस म्हाम्ब्रे रहेका छन्। जय शाहले हालै मात्र द्रविडले चाहे उनले प्रशिक्षक पदका लागि पुनः आवेदन दिन सक्ने बताएका थिए ।
द्रविडको प्रशिक्षणमा भारतको एक मात्र सफलता सन् २०२३ को एसिया कपको रूपमा आएको थियो। त्यतिबेला आयोजक श्रीलङ्कालाई हराउँदै भारतले उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण