चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले यही जेठ ७ गते आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर सात जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष समीर बलामीको अध्यक्षतामा मंगलबार बसेको सङ्घको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
सङ्घका महासचिव रघुनाथ सापकोटाले एक विज्ञप्ति जारी गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार पत्रकार विदुर गिरीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८१’ , कृष्ण भट्टराई र राज श्रेष्ठलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८१’ प्रदान गरिनेछ ।
जेठ ७ गते सोमवार नक्सालमा आयोजना गरिने एक विशेष समारोहमा दाङ कार्यक्षेत्र भएका पत्रकार शिव पुनलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८१ र मदन रिजाललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ बाट पुरस्कृत गरिँदै छ । सोही समारोहमा सुरज खड्का तथा अशेष अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत हुने । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण