शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा

बुधबार, ०२ जेठ २०८१, ०८ : ५४
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले यही जेठ ७ गते आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर सात जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष समीर बलामीको अध्यक्षतामा मंगलबार बसेको सङ्घको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । 

सङ्घका महासचिव रघुनाथ सापकोटाले एक विज्ञप्ति जारी गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार पत्रकार विदुर गिरीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८१’ , कृष्ण भट्टराई र राज श्रेष्ठलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८१’ प्रदान गरिनेछ । 

जेठ ७ गते सोमवार नक्सालमा आयोजना गरिने एक विशेष समारोहमा दाङ कार्यक्षेत्र भएका पत्रकार शिव पुनलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८१  र मदन रिजाललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ बाट पुरस्कृत गरिँदै छ । सोही समारोहमा सुरज खड्का तथा अशेष अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत हुने । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ । 

441233679_7613373878757640_4895025442768779650_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप