‘फर्की फर्की’ युवापुस्ताको माया र आकर्षणको कथा हो – अनमोल
काठमाडौँ । ‘फर्की फर्की’ यही चैत्र १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । युवापुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी फिल्म मार्फत दर्शक माझ दुई वर्षपछि देखिँदै छन् ।
प्रेमकथाका फिल्म मार्फत रोमान्टिक हिरोका छवि बनाएका उनी यसपटक रोमान्टिक कमेडी जनरामा देखिएका छन् । हरेक फिल्ममा फरक फरक भूमिका निर्वाह गर्न रुचाउने उनी फिल्म ‘फर्की फर्की’मा भूमिका म्याडीको चरित्रमा छन् । आफ्ना अघिल्ला प्रेम कथानक झैँ नलागोस् भनेर रोमान्टिक कमेडीसँगै ‘टाइम लुप’को कन्सेप्ट फिल्ममा राखिएको अनमोलले बत्ताउँछन् ।
‘हामी कहाँ यस्ता विषयमा फिल्म बनेको छैन । हलिउड र बलिउडमा भने यस्ता विषयमा धेरै फिल्म बनेका छन्’, केसीले भने ‘टाइम लुप’ कथा मार्फत दर्शकलाई केही नयाँ दिन खोजिएको हो ।’ फिल्ममा ‘टाइम लुप’को अलावा युवा पुस्ताको माया र आकर्षणको कथा समेत रहेको उनी सुनाउँछन् ।
‘मैले म्याडी पात्र बारे बुझेपछि निर्देशक सुयोगजीलाई नै पर्दामा उतारेको हुँ । धेरै सिमिलर छ । म भन्दा म्याडी फरक छ । यद्यपि हाम्रो रोमान्टिक कमेडीले सम्बन्धमा भइरहेका गल्ति र त्यसको नतिजासँग जानकार गराउँछ’, अनमोलले भने ।
फिल्ममा उनले अभिनेत्री जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । अनमोल र जसिताको जोडी पनि फिल्ममा पहिलो हो । फिल्मको सार्वजनिक ट्रेलर तथा गीतसङ्गीतमार्फत यो जोडीले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
फिल्ममा जसिताले ‘मिक्सोलोजिस्ट’को भूमिका निर्वाह गरेकी छिन् । उनी लन्डनबाट नेपाल फर्किएर आफ्नै काम रमाइरहेकी हुन्छिन् । त्यही क्रममा म्याडीको भूमिकामा रहेका अनमोल केसीसँग भेट भएपछि बस्ने प्रेम र त्यसमा आउने उतारचढावलाई फिल्मको कथा हो ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन् ।
फिल्ममा अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्मको बक्सअफिसमा ओपनिङ राम्रो हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण