सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन
काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् । उनका अनुसार पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ ।
‘केन्द्रको निर्देशन विश्वासको मत दिने भनेर आएको छ । अव हामी दायाँबायाँ गर्दैनौँ’,साउँदले भनिन्, ‘उक्त दिन सबै सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुन समेत भनिएको छ ।’ यद्यपि उनले प्रदेश संसदीय दलको बैठक बसेर औपचारिक निर्णय भने गर्न बाँकी नै रहेको बताइन् ।
सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २१ र २२ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले विश्वासको मत लिन अहिले नै नहतारिन आग्रह गरेपछि रोकिएको थियो ।
सोडारीले यही जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण