शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दलित संग्राहलय निर्माणकार्य अन्तिम चरणमा

बुधबार, २५ असोज २०७४, १३ : १६
बुधबार, २५ असोज २०७४

लमजुङ– लमजुङका ग्रामिण पर्यटकीय गाउँहरुमा स्थानीय युवा क्लव, आमा तथा बाबा समूहको सकृयतामा दलित संग्राहलय निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । 
४ वर्षअघि मौलिक शैलीको परम्परागत गोलाकार आकारमा संग्रहालय निर्माण सूरु गरिएको थियो । 

ढुंगामाटो र काठको जडानबाट निर्माण गरिएको गोलाकार घरलाई बाहिरबाट सिमेन्ट प्लाष्टर गरिएको छ । संग्रहालय अवलोकनकर्तालाई बाहिरबाट हेर्दा र भित्र घुमफिर गर्दा परम्परागत घरकै अनुभूति मिलोस् भन्ने उद्देश्यले संरचना निर्माणमा मौलिकता दिईएको सिकर्मी हर्कबहादुर मौरती बताउँछन् । करिब १० लाख रुपैयाँ खर्च गरि उक्त संग्राहलय निमार्ण गरिएकोे जनज्योती युवाक्लबका सल्लाहकार एवं बेसीसहर नगर कार्यपालिकाका सदस्य अजय मजाकोटीले बताए ।

उनका अनुसार संग्रहालय निर्माणको लागि तत्कालिन जिल्ला विकास समितिबाट ३ लाख रुपैयाँ,  नगरपालिका दलितकोष र पर्यटन कार्यक्रम अन्र्तगत १ लाख ३३ हजार ४ सय ६८ रुपैयाँ सहयोग उपलब्ध भएको छ । 

त्यस्तै गाउँमा आयोजित साँस्कृतिक कार्यक्रम, स्थानीय आमासमुह, बाबासमुह र बैदेशिक रोजगारमा गएका युवाहरुबाट कूल साँढे ५ लाख रुपैयाँ सहयोग संकलन गरि संग्रहालय निर्माणमा खर्च गरिएको छ ।
 मुख्य संरचना निर्माणकार्य सकिएको बताउँदै त्यसलाई ‘फिनिसिङ’ गर्दा र आवश्यक सामाग्री जुटाउँदा करिब १० लाख रुपैयाँ आवश्यक पर्ने उनीहरुको अनुमान छ । आर्थिक श्रोत जुटाउन जिल्ला समन्वय समिति, नगरपालिका, पर्यटन कार्यालय वा पर्यटन बोर्ड लगायतका निकाय समक्ष प्रस्ताव पेश गरिने मजाकोटीले बताए । 

संग्रहालयमा दलित समुदायका पुख्र्यौली मौलिक र परम्परागत सीपबाट बनेका सामाग्रीहरुको संग्रह गरिने क्लबका अध्यक्ष विजय दुलाल बताउँछन् । ‘गाउँमा नयाँ काम गरिएको छ, धेरै तिरबाट प्रंशासा पनि भएको छ,’ दुलालले भने, ‘हामी निकै उत्साहित छौं, स्वेदश र विदेशमा रहेका दाजुभाइले पनि सहयोग गरेका छन् ।’ 
दलित समुदायको मात्रै संग्रहालय निर्माण संभवतः नेपालमै पहिलो हुन सक्ने दावी पनि उनले गरेका छन् । कूल १३ फिट गोलाईको संग्रहालयको छानो वन्दीपुरबाट ल्याईएको स्लेट(ढुंगा)ले छाईएको छ । यहाँ जिल्लामै दलित समुदायको सबैभन्दा ठुलो झण्डै ४ सय परिवारको बस्ती रहेको छ । जिल्ला विकास समितिको पहलमा गाउँशहरको थुम्काडाँडास्थित उक्त दलित बस्तीमा होमस्टे (घरबास) कार्यक्रम अन्तरगर्त उक्त संग्राहलय निमार्ण गरिएको हो । 

स्थानीय जनज्योती युवाक्लबको पहलमा राक्सेस्थान आमासमुह र जयश्री गणेश बाबासमुहको सकृयतामा उक्त संग्राहलय निमार्ण गरिएको हो । 
दलित समुदायको ऐतिहासिक, साँस्कृतिक, सामाजिक लगायतका विविध पक्षबारे गाउँमा आउने पर्यटक एवं नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले संग्रहालय निर्माण गरिएको स्थानीय दलित अगुवाहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप